२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकमा ६७ जनालाई जागिरको अवसर

राष्ट्र बैंकमा ६७ जनालाई जागिरको अवसर

1.9K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रशासन र प्राविधि सेवातर्फ कुल ६७ जना कर्मचारी भर्न गर्न दरखास्त आह्वान गरेको छ।
प्रशासनतर्फ सहायक निर्देशक पदमा १९ जना, सहायक निर्देशक (लेखा)मा ५ जना, सहायक निर्देशक (वाणिज्य कानुन)मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि)मा ६ जनाका लागि दरखास्त खुलाइएको छ। यसैगरी सहायक (प्रशासन)मा २० जना, सहायक (कानुन)मा ४ जना र सहायक (सूचना प्रविधि)मा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

यी पदहरुमा खुला प्रतियोगिताबाट पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ। सहायक पदका लागि कम्तीमा प्लस टु गरेको हुनुपर्नेछ। सहायक निर्देशक पदका लागि विषयगत हिसाबले स्नातकदेखि स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
इच्छुक उम्मेदवारले पुस २६ गतेसम्म दरखास्त दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij