२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा रोजगारीको अवसर

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा रोजगारीको अवसर

190
Shares

काठमाडौँ -राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विभिन्न प्राविधिक पदमा करार सेवामार्फत कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै इलेक्ट्रिकल, सिभिल, कन्ट्रयाक्ट इन्जिनियरिङतर्फका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रबन्धक, उप-प्रबन्धक र वरिष्ठ इन्जिनियर पदमा गरी कुल ७ जना कर्मचारी माग गरेको छ । सूचनाअनुसार इलेक्ट्रिकलतर्फ प्रबन्धक १ जना, सिभिलतर्फ उप-प्रबन्धक १ जना, इलेक्ट्रिकलतर्फ वरिष्ठ इन्जिनियर ३ जना, सिभिलतर्फ वरिष्ठ इन्जिनियर १ जना र कन्ट्रयाक्टतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदा परेमा सो बिदापछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयमा दरखास्त बुझाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij