काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार अब शेयरधनीहरुले यो लघुवित्तबाट कुनै पनि प्रकारको लाभांश पाउने छैनन्।
संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij