२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपाल रेलवे बोर्डद्वारा रेल चालक पदमा आवेदन आह्वान

नेपाल रेलवे बोर्डद्वारा रेल चालक पदमा आवेदन आह्वान

330
Shares

काठमाडौं – नेपाल रेलवे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालकलाई नै सूचीकृत गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार रेल सेवा सञ्चालनका लागि दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालक आवश्यक रहेकाले इच्छुक नेपाली नागरिकलाई सूचीकृत हुन आग्रह गरिएको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र पेस गर्नुपर्नेछ।

इच्छुक नेपाली नागरिकले आजदेखि मङ्सिर २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij