२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि कर्मचारी

विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि कर्मचारी

2.9K
Shares

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
प्राधिकरणका अनुसार अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी भर्ना गरिनेछ। त्यसैगरी सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जना कर्मचारीका लागि विज्ञापन प्रकाशित गरिएको छ।

निर्धारित मापदण्ड पुरा गरेको योग्य इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र प्राधिकरणको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। तह १० का लागि २ हजार, तह ८ का लागि १४ सय, तह ७ का लागि १२ सय र तह ५ का लागि ८ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । एक वा एकभन्दा बढी समावेशी समूहमा आवेदन दिनेका लागि थप दस्तुरको व्यवस्था समेत गरिएको छ ।

यसका अतिरिक्त, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij