२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीमा इन्स्पेक्टरको माग संख्या थप

नेपाल प्रहरीमा इन्स्पेक्टरको माग संख्या थप

935
Shares

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग संख्या थप गरेको छ।

गत २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा ८ वटा नयाँ सिट थप गर्दै अब कुल २९ जनाको भर्ना लिइने जनाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सूचना जारी गर्दै सम्मानित सर्वोच्च अदालतबाट जारी भएको परमादेश बमोजिम आर्थिक वर्ष २०७९-८० मा समावेशी समूहमा समावेश नगरिँदा वास्तविक रूपमा गुम्न गएका पदहरूको क्षतिपूर्ति स्वरूप यो संख्या थप गरिएको हो।

नयाँ व्यवस्था अनुसार कुल २९ पदमध्ये खुलातर्फ १६ जनाको भर्ना हुनेछ। समावेशी प्रावधान अनुसार पदहरू समायोजन गरी हालको प्रचलित कानुन बमोजिम नै यो पदपूर्ति प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij