२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रदमा आवेदन दिन सकिने

आजदेखि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रदमा आवेदन दिन सकिने

1.1K
Shares

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो।

कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ। एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्न कात्तिक ९ गते बुक क्लोज गरेको थियो । तसर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij