२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

230
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा अभिकर्ता लिडरलाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवसँगै सम्पन्न भएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटनपछि सम्बोधन गर्दै प्रसाईंले अभिकर्ता पेशा अँगालेर उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरको योगदानलाई कम्पनीले उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताए।

उनले यस प्रकारका सम्मानले अभिकर्ता लिडरमा आत्मसम्मान बढाउनुका साथै आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्न हौसला मिल्ने विश्वास व्यक्त गरे। अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन कम्पनीका तर्फबाट आगामी दिनमा पनि आवश्यक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरे।

आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै कम्पनीले आर्थिक वर्ष २०८३/८४ लाई थप सफलताको वर्षका रूपमा अघि बढाउने लक्ष्यसमेत कार्यक्रममा प्रस्तुत गरेको थियो। प्रमुख कार्यकारी अधिकृत प्रसाईले सहभागी अभिकर्ता तथा लिडरलाई आगामी आर्थिक वर्षमा थप सफलता हासिल गर्न उत्प्रेरित गरेका थिए।

कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको सफलताले आर्थिक वर्ष २०८३/८४ का लागि तय गरिएको लक्ष्य प्राप्त गर्न थप आधार तयार भएको बताए। उनले आगामी आर्थिक वर्षमा पनि कम्पनीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताको व्यावसायिक क्षमता वृद्धि गर्न तथा व्यवसायमा थप ऊर्जा र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।

कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कम्पनीको कर्पोरेट क्लब एचिभर्स अवार्डमार्फत सम्मान गरिएको थियो।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताको व्यावसायिक क्षमता र मनोबल बढाउन विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्तालाई निरन्तर प्रोत्साहन गर्दै व्यवसाय विस्तार र व्यावसायिक सफलतामा सहकार्य गर्दै आएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij