२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से २२.८५ अकंले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेप्से २२.८५ अकंले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

350
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.८५ अकंले बढेर २६४७.२२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

शुक्रबार १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij