२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने

सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने

225
Shares

काठमाडौं – सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्डले इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।
सानिमा ग्रोथ फन्डले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई ५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फन्डले सार्वजनिक गरेको सूचनाअनुसार उक्त लाभांश मंसिर ३० गतेदेखि सम्बन्धित इकाइधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिनेछ।

फन्डले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाइधनीलाई आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर यथाशीघ्र अद्यावधिक गराउन आग्रह गरेको छ। बैंक खाता विवरण अद्यावधिक नभएका कारण लाभांश प्राप्त गर्न नसकेका इकाइधनीले विवरण अद्यावधिक गरेपछि लाभांश रकम प्राप्त गर्न सक्नेछन्।

यसैगरी, प्रचलित आयकर ऐनअनुसार स्रोतमा कर कट्टी हुने भएकाले कर कट्टीसम्बन्धी विवरण दाखिला गर्दा भुक्तानी प्राप्त गर्ने व्यक्तिको स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने फन्डले जनाएको छ। त्यसैले सबै इकाइधनीलाई आफ्नो हितग्राही खातामा स्थायी लेखा नम्बर अद्यावधिक गरी आवश्यक सहयोग गरिदिन आग्रह गरिएको छ।

फन्डले यसअघिका आर्थिक वर्षमा वितरण गरिएको प्रतिफलसमेत प्राप्त नगरेका इकाइधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गरी बाँकी रहेको प्रतिफल रकम प्राप्त गर्न सक्ने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij