२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेरो माइक्रोफाइनान्स कर्मचारी आवश्यकता

मेरो माइक्रोफाइनान्स कर्मचारी आवश्यकता

1.1K
Shares

काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न तहमा कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

सूचना अनुसार शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण भएको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको काम गरेको कम्तिमा चार वर्षको अनुभव हुुनुपर्नेछ । यसैगरी, कनिष्ठ सहायक पदका लागि भने न्यूनतम शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तिण भएको हुनुपर्नेछ । यसका लागि भने लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तिमा दुई वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, किनष्ठ सहायक प्रशिक्षार्थी पदका लागि भने प्रवीणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ र लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तिमा ६ महिना काम गरेको हुनुपर्नेछ । इच्छुक आवेदकले आगामी साउन १५ गते भित्र आवेदन दिइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij