२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

450
Shares

काठमाडौं -नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनीको महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

समितिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयमा दरखास्त पेस गर्न आग्रह गरेको छ । महाप्रबन्धक पदका लागि आवश्यक योग्यता, अनुभव तथा अन्य विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij