काठमाडौं – ज्योति विकास बैंकले सुपरभाइजरदेखि अफिसरसम्म कर्मचारी माग गरेको छ। बैंकले उपत्यका र बाहिरका विभिन्न शाखा कार्यालयहरूका लागि कर्मचारी मागेको छ।
आवेदनका लागि अर्थशास्त्र, बैंकिङ, वाणिज्य नीति लगायत विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातक तह न्यूनतम द्धितिय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने बैंकले जनाएको छ। आवेदकको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।
एसिसिए र सिएले पनि आवेदन दिन सक्नेछन्। अफिसर तहका लागि न्यूनतम पाँच वर्षको अनुभव तोकिएको छ।
सुपरभाइजरका लागि बैंक तथा वित्तीय संस्थामा तीन वर्षको कार्य अनुभव तोकिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij