काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ सहायक पदमा ५० जना गरी कुल ८६ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित चैत्र १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij