काठमाण्डौ – कृषि विकास बैंकमा जागिर खुलेको छ। बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो। बैंकले आज एक सूचना जारी गर्दै शाखा प्रमुखदेखि लिएर लेखापालसम्मका लागि ११२ जना कर्मचारी खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले अधिकृत स्तरमा शाखा प्रमुख २ जना, वरिष्ठ लेखाअधिकृत २ जना, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, आईटी इन्जिनियर १ जना र कर्जा अधिकृत ६ जनाका लागि दरखास्त खुलाएको छ।
यसैगरी बैंकले सहायक स्तरमा व्यवसाय सहायक १६ जना, कानुन सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
इच्छुक उम्मेदवार यी पदहरुमा आज फागुन ११ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आउँदो चैत १ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। उम्मेदवारहरुको छनौट लिखित परीक्षा र अन्तर्वार्ताबाट हुने बैंकले जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij