२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

845
Shares

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र सो को लागि आवश्यक पर्ने कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले प्रस्तावित बोनसपछि ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले भनेको छ ‘(ग) श्री नेपाल बीमा प्राधिकरणको रु. ५ अर्ब चुक्ता पूँजी पुरयाउने निर्देशन प्रयोजनार्थ ७.७५% बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु.३,३९,९८,३६,३०७ /- (अक्षरेपी तीन अर्व उन्चालीस करोड अन्ठानब्बे लाख छत्तिस हजार तीन सय सात मात्र ) को ४२ प्रतिशत अर्थात (१:०४२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij