२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

1.2K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्समा श्री गणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको करिब सवा १ लाख कित्ता शेयर आज पुस ११ गते बिक्रीमा राखिएको छ। कम्पनीले हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १९ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij