काठमाण्डौ – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij