काठमाडौ – रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटकाे कार्यालय भाेलि बुधबार साँझ ५ बजे शेयर बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओमा १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij