२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकमा रोजगारीको अवसर, ३०० जना कर्मचारी माग

नेपाल बैंकमा रोजगारीको अवसर, ३०० जना कर्मचारी माग

7.1K
Shares

नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठूलो संख्यामा आवेदन मागेको छ। लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८-७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको ३०० भन्दा बढी संख्यामा आवेदन मागेको हो।

बैंकले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म आवेदन माग गरेको छ। ६२ जना सहायक प्रबन्धक, १४८ जना सहायक र ९१ जना कनिष्ठ सहायकका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना माग गरेको हो। बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत रूपमा माग गरेको छ। १४८ जना सहायक मागेको बैंकले कनिष्ठ सहायकमा ९१ जना माग गरेको छ।

प्रदेश १ र मधेसमा ३१-३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २/२ जना सहायक मागेको छ।सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ।

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij