२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

सिभिल लघुवित्तमा रोजगारीको अवसर, ८५ जना कर्मचारी माग

सिभिल लघुवित्तमा रोजगारीको अवसर, ८५ जना कर्मचारी माग

2.4K
Shares

काठमाडौं– सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ८५ जना कर्मचारी माग गरको छ । लघुवित्तले आज एक सूचना जारी गर्दै भविष्यमा स्थापना हुन गईरहेका शाखा कार्यालयहरुका लागि विभिन्न पाँच पदका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत,सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक/सहायक र कनिष्ठ सहायक पदका लागि स्थायी तथा प्रशिक्षार्थी सेवाको लागि कर्मचारी माग गरेको हो ।

लघुवत्तले अधिकृत पदका लागि १ जना, कनिष्ठ अधिकृत पदका लागि ४ जना, सहायक कनिष्ठ अधिकृत पदका लागि ५ जना, वरिष्ठ सहायक÷सहायक पदका लागि ३७ र कनिष्ठ सहायक पदका ३८ जना गरी कुल ८५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको कनिष्ठ सहायक पदमा एसएलसी/एसइईई पास गरेकाले समेत आवेदन दिन सक्नेछन् । यस्तै, अधिकृत, कनिष्ठ अधिकृत, सहायक अधिकृत पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तिर्ण गरेकाले आवेदन दिन सक्ने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ ।
कम्प्यूटरमा ं दक्षता हासिल गरेका आवेदकलाई विशेष प्राथमिकता दिईने कम्पनीले बताएको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल ठेगानामार्फत आवेदन दिन सकिने छ । कम्पनीको आधिकारीक इमेल ठेगाना carrer@civillaghubitta.com.np संस्थाको पायक पर्ने शाखा कार्यालय वा चावहिल, काठमाडौँ स्थित केन्दि«य कार्यालयमा आवेदन बुझाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij