
अर्थ नेपाल
काठमाडौं– काठमाडौंको गुर्जुधारामा प्रभु बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । सांसद राजेन्द्रकुमार केसीले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधासहितको अत्याधुनिक शाखा स्थापना गरेको हो ।
उक्त शाखामार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत, कर्जासँगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij