२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

कामना सेवा विकास बैंकको २० औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकको २० औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

230
Shares

काठमाडाैं -कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यलय सहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम मार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

यसै अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगत सहित ६१औँ पटक रक्तदान गरे । बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंकमा र पश्चिम क्षेत्रको घोराही तथा महेन्द्रनगर शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप (छैठौं संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुष तर्फ कुमारी बैंक र महिला तर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij