काठमाडौं – युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा १६ प्रतिशतले घटेको छ । कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने १२ प्रतिशतले बढेर २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो ।
आम्दानी बढे पनि कच्चा पदार्थ, कर्मचारी तथा अन्य खर्चमा वृद्धि हुँदा कम्पनीको नाफा घटेको हो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij