काठमाडौं – कालंगा हाइड्रो लिमिटेडका १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते सकिने भएको छ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको सेयरको लकइन अवधि सकिन लागेको हो।
कम्पनीका अनुसार सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १ करोड ७५ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार कित्ता सेयरमा लकइन अवधि कायम गरिएको थियो।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त लकइन अवधि २०८३ मंसिर २६ गते समाप्त हुने कम्पनीले जनाएको छ। कम्पनीले यसबारे सेयरधनी, नियामक निकाय तथा सरोकारवालालाई जानकारी गराएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij