२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

बरुण हाइड्रोपावरको खुद नाफा बढ्यो

बरुण हाइड्रोपावरको खुद नाफा बढ्यो

90
Shares

काठमाडौं -बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिमा कम्पनीले १ करोड ८९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा १९।२४ प्रतिशतको वृद्धि भएको छ।

विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले कम्पनीको नाफालाई उकास्न प्रमुख भूमिका खेलेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ४ करोड १४ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ रहेको थियो। कुल ग्रस प्रोफिट ३ करोड ५० लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा ३ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च गत वर्षको ६४ लाख ५७ हजार रुपैयाँबाट घटेर ४५ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ, जसले ऋणको भार घट्दै जाँदा खुद नाफालाई सीधा टेवा पुगेको स्पष्ट पार्छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ११ करोड ३६ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ।

वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४० पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij