२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

७.६ अङ्कले बढ्यो नेप्से

७.६ अङ्कले बढ्यो नेप्से

2.2K
Shares

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ७.६ बिन्दुले बढेर ११ सय४८.७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६४ बिन्दुले बढको छ। 

स्टकक अनुसार आज कूल १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोवार भएका १० उपसमूहमध्ये आज ३ उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १. ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह २.५७ बिन्दुले घटेको छ।

बैंकिङ ८.५५, विकास बैंक ८.८७, जलविद्युत् ८.८, निर्जीवन बीमा ६५.७८, उत्पादन ५.३८, लघुवित्त ११.६१ र जीवन बीमा ३०.२७ अंकले बढेको छ । साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij