काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्से र बेनी हाईड्रोपावर प्रोजेक्टबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको १ करोड ४ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्तामा वितरण गरेको २० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
अब उक्त कम्पनीको दोस्रो बजार कारोबार मिति असोज २८ गते (बुधबार) बाट हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij