२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकका ४ नयाँ शाखा

ज्योति विकास बैंकका ४ नयाँ शाखा

1.3K
Shares


काठमाडौं – ज्योति विकास बैंकले स्याङ्जाको वालिङ, पाल्पाको तानसेन, कास्कीको घान्द्रुक र तनहुँको आबुखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

तानसेन शाखाको तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका सञ्चालक नारायणप्रसाद पौड्यालले र वालिङ शाखाको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँण तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

त्यस्तै, घान्द्रुक शाखाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१० का अध्यक्ष कुमार गुरुङ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्का र आबुखैरेनी शाखाको आबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र बैंकका अध्यक्षले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij