सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी गरेको छ ।
कम्पनील बीमित स्वः श्याम सुन्दर महतोले ९४ हजार ३ सय ३६ बीमाशुल्क भुक्तानी गरि जीवन बीमा गरेका निजको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई १० लाखको चेक रकम भुक्तानी गर्योे ।
उक्त कार्यक्रम बर्दिबास नगरपालिका १ का वडा अध्यक्ष चुडामणि पोख्रेल, कम्पनीका महाप्रबन्धक कमलराज गौतम र मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी. र जनकपुर शाखाका शाखा प्रवन्धक नवराज चौधरीको उपस्थित रहेको थियो ।
साथै कम्पनीले मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij