काठमाडौं – सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी (२० अर्ब रुपैयाँ) पुर्याउने लक्ष्य हासिल गर्न नेपाल पुनर्बीमा कम्पनीलाई ठूलो सहजता हुने भएको छ। नेपाल पुनर्बीमाको हाल चुक्तापूँजी १३ अर्ब ४२ करोड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij