२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लुम्बिनी जनरल इन्स्योरेन्स र ग्राण्डी अस्पतालबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र ग्राण्डी अस्पतालबीच सम्झौता

2.1K
Shares

काठमाडौं –ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत एन बि प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगद रहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपालमानै विश्वस्तरिय उपचारसेवा तथा बिशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेकोले ढुक्क भएर उपचारकालागि ग्राण्डी अस्पतालमा आउन आग्रह गरे ।

त्यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एन बी प्रधानले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म सुविधा प्रदान गर्ने सम्झौता गरेकोमा अस्पतालका संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए।

अस्पतालमा नगदरहित उपचार सेवालाई प्रबर्द्धन गर्न तथा स्वास्थ्य बीमाबारे सचेतना जगाउने उद्देश्यले सम्झौता गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij