२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकसँग २२ करोड सिक्का

राष्ट्र बैंकसँग २२ करोड सिक्का

1.6K
Shares

काठमाडौं / नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ ।

अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, जनकपुर शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात रहेको विभागको भनाइ छ ।त्यस्तै, पोखरा शाखासँग ३४ लाख, भैरहवा शाखासँग २१ लाख, नेपालगंज शाखासँग ६७ लाख र धनगढी शाखासँग ७८ लाख रुपैयाँ सिक्का रहेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ ।  राष्ट्र बैंकसँग भएको सो मौज्दातले डेढदेखि दुई वर्षसम्मको माग धान्न सक्ने बैंकले जनाएको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij