
अर्थ नेपाल संवाददाता
काठमाडौं /जनता बैक नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
बैंकले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै आज यस बैंक र इन्स्योरेन्स विच सम्झौता भएको हो ।
यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij