२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

झापाको दमकमा ज्योति विकास बैंकको नयाँ शाखा

झापाको दमकमा ज्योति विकास बैंकको नयाँ शाखा

1.2K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /झापाको दमकमा ज्योति विकास बैंकको नयाँ शाखा संचालनमा आएको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका ६ का अध्यक्ष टेकबहादुर थापाले संयूक्त रुपमा गरेका थिए।
ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै एबिबिएस सेवा समेत उपलब्ध गराएको छ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij