अर्थ नेपाल काठमाडौं/ जनता बैंकले प्रस्ताव गरेको १४ दशमलब ४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित भएको छ । शुक्रबार सम्मपन्न भएको बैंकको बार्षिक साधारणसभाले उक्त बोनस सेयर प्रस्ताब पारित गरेको हो ।
बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुगेको छ । यससंगै साबिकको त्रिबेणी र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई क्रमश मर्ज र प्राप्ति गरेको जनता बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजीको मापदण्ड पुरा गरेको छ ।
बैंकले ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु र १०२९ कर्मचारीहरु मार्फत बैंकले ५ लाख भन्दा बढी ग्राहकलाई सेवा पुर्याउदै आएको छ । साधारणसभाले केही नयाँ वोर्ड सदस्य समेत चयन गरेको छ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)