काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो मंसिर ३ गते विशेष साधारणसभा डाकेको हो। सभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले संस्थापक शेयरधनीतर्फ ४ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij