काठमाडौँ – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतका रूपमा कार्यरत गिरीलाई २०८३ असोज २५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij