२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रिमियर इन्स्योरेन्सको एफपिओ बिक्री खुल्ला

प्रिमियर इन्स्योरेन्सको एफपिओ बिक्री खुल्ला

1.6K
Shares

अर्थ नेपाल काठमाडौं /प्रिमियर ईन्स्योरेन्स लि.को आजदेखि एफपिओ बिक्री खुल्ला भएको छ। एफपिओमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ प्रिमियम थपगरी ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार ५६५ कित्ता बिक्रीमा ल्याएको हो।

न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँ देखी उच्चतम ३ हजार २९० किताका लागि आवेदन दिन पाइने छ। एफपिओ बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गई आश्वा प्रणालीबाट आवेदन दिन पाइने छ।
एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ। एफपिओ बिक्रीपछि कम्पनीमा संस्थापकको ५१ र साधारणतर्फको ४९ प्रतिशत स्वामित्व रहनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij