
अर्थ नेपाल काठमाडौं /शिखर इन्स्योरेन्स लि. को २९ शेयर बोनस शेयर दिने भएको छ । कम्पनिको १३ औं वार्षिक साधारण सभाबाट बोनस शेयर दिने पारित भएको छ ।
कम्पनिको बोनस शेयरको वितरण पछि चुक्ता पुँजी रु.१०५ करोड पुग्ने भएको छ । निर्जिवन बीमा कम्पनीले बीमा समितिबाट २०७५ आषाढ मसान्तभित्र चुक्ता पुँजी रु.१०० करोड पु¥याउनु पर्ने निर्देशन भएकोमा कम्पनीले सो मिति अगावै पु¥याएको छ । कम्पनिले आफ्ना शेयरधनीहरुबाट थप रकम मागनगरी बोनस शेयरकै माध्यमबाट चुक्ता पुँजी कायम गर्न सफल भएको छ ।
त्यसैगरी कम्पनिको साधारण सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij