२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

युनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

युनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

490
Shares

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गत बिक्रीका लागि लिलामीमा राखिएको ६३ हजार ८४७ कित्ता संस्थापक सेयर दोस्रो चरणको बोलपत्र प्रक्रियामार्फत बाँडफाँड सम्पन्न गरेको जनाएको छ।
कम्पनीका अनुसार पहिलो चरणमा गत वैशाख २१ गतेदेखि जेठ ८ गतेसम्म केवल विद्यमान संस्थापक सेयरधनीलाई लक्षित गरी बिक्री खुला गरिएको भए पनि पर्याप्त आवेदन नपरेपछि दोस्रो चरणमा जेठ २५ गतेदेखि असार १ गतेसम्म विद्यमान संस्थापक शेयरधनीसँगै योग्य इच्छुक व्यक्ति, कम्पनी तथा संस्थालाई समेत सहभागी हुने अवसर प्रदान गरिएको थियो।

दोस्रो चरणमा प्राप्त शिलबन्दी बोलपत्रहरू असार ७ गते खोलिएको र प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियमअनुसार मूल्याङ्कन गरी असार १२ गते सेयर बाँडफाँड सम्पन्न गरिएको कम्पनीले सूचनामार्फत जनाएको छ।

कम्पनीले यस लिलामीका लागि कटअफ मूल्य प्रतिकित्ता ११२.६० रुपैयाँ कायम भएको जनाएको छ। सो मूल्य वा सोभन्दा माथिको मूल्यमा बोलपत्र पेश गरेका योग्य आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ।

उक्त संस्थापक सेयर बिक्रीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij