काठमाडौँ – नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५’ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट निवेदन आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुझाउन सकिने जनाइएको छ।
प्राप्त आवेदनहरूको मूल्यांकनपछि उम्मेदवार सिफारिस समिति मार्फत उपयुक्त उम्मेदवारको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij