२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

765
Shares

काठमाडौं– सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको हो।

उपकुलपति पदमा उपयुक्त नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम यो प्रक्रिया अघि बढाएको जनाएको छ।

इच्छुक र योग्य व्यक्तिहरूले १० दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइटमा दिइएको लिंकमार्फत दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij