काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायहरूमा रिक्त पदमा पदपूर्ति, नियुक्ति तथा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लगायत मन्त्रालयअन्तर्गतका विभिन्न निकायका लागि रोस्टर सूची तयार गर्न लागिएको हो । यसमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल होटेल, पर्यटन तथा पर्वतीय प्रतिष्ठान, सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन संग्रहालय विकास समिति तथा हनुमानढोका दरबार संग्रहालय विकास समितिलगायत समावेश छन् ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन फाराममार्फत २०८३ जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि मन्त्रालयले लिंक तथा क्यूआर कोडसमेत उपलब्ध गराएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij