२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहकारी नियमन प्राधिकरण अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान

सहकारी नियमन प्राधिकरण अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान

1.7K
Shares

काठमाडौं -राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले आउँदो जेठ ९ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त ललितपुरको पुल्चोकस्थि प्राधिकरणको कार्यालयमा पेस गर्नुपर्नेछ।

सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो ।

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ ।

यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र,वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्ष कार्य गरेको अनुभव माग गरिएको छ ।

उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरूले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij