काठमाडौँ -राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। राससले आज एक सूचना जारी गर्दै भिजुअल एडिटर र छायाँकार गरी तीन पदमा कुल नौ जना कर्मचारी माग गरेको हो।
माग गरिएका पदमध्ये अधिकृतस्तर छैटौँ तहमा एक जना भिजुअल एडिटर, सहायकस्तर पाँचौँ तहमा तीन जना भिजुअल एडिटर र सहायकस्तर चौथो तहमा पाँच जना छायाँकार रहेका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij