२०८३ असोज २१ बुधबार

Oct 07 2026 Wednesday

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

280
Shares

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ। कम्पनीका अनुसार संस्थापक सेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको १३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेका छन्।
अधिकारीले आफ्नो नाममा कायम संस्थापक सेयर बिक्री गर्न निवेदन पेश गरेपछि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने व्यवस्थाबमोजिम ३५ दिने सूचना प्रकाशित गरेको कम्पनीले जनाएको छ।

कम्पनीले प्रस्तावित संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड पूरा हुने आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्ने जनाएको छ।

तोकिएको अवधिभित्र प्रस्तावित सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट निवेदन नपरेमा विद्यमान संस्थापक सेयरधनीबाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij