काठमाडौं-पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन्।
एशोसियशनको शुक्रबार सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा आठौँ निर्वाचनबाट काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। एशोसियशनको प्रथम उपाध्यक्षमा सुजन आचार्य, द्वितीय उपाध्यक्षमा चिरञ्जीवी गिरी, महासचिवमा अशोक अर्याल निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुशील दाहालले जानकारी दिए।
यस्तै, कोषाध्यक्षमा सुजन दाहाल, सदस्यमा रमेश पौडेल र छविलाल घिमिरे निर्वाचित भएको छ। दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल नवनिर्वाचित अध्यक्ष काफ्ले यसअघि टिवानको पूर्व उपाध्यक्ष तथा नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको सहकोषाध्यक्ष भइसकेका छन्।
कार्यक्रममा टिवानका अध्यक्ष भीष्म न्यौपानेले लामो समयदेखि टिवानले पर्यटक बसपार्कको मुद्दा उठाउँदै आएपनि उक्त कुरा पुरा हुन नसकेको गुनासो गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij