काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ। आज ३५ दिने सूचना प्रकाशित गर्दै कम्पनीले संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएको जनाएको हो।
कम्पनीका अनुसार बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। सोहीअनुसार हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिई उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, पुतलीसडक, काठमाडौंमा निवेदन दिन आग्रह गरिएको छ।
बिक्री गरिने संस्थापक सेयरको मूल्य प्रचलित मूल्यभन्दा कम नहुने गरी विक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ। प्रति कित्ता सेयरको मूल्यसम्बन्धी जानकारीका लागि कम्पनीको कानुन विभागमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने सम्बन्धमा आवश्यक कारबाही अघि बढाइने जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij