२०८३ असोज २७ मंगलबार

Oct 13 2026 Tuesday

नेशनल लाइफ इन्स्योरेन्सको सञ्चालकमा विनय रमण पौडेल र सरस्वति अधिकारी नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको सञ्चालकमा विनय रमण पौडेल र सरस्वति अधिकारी नियुक्त

50
Shares

काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा विनय रमण पौडेल र सरस्वति अधिकारी नियुक्त भएका छन्।

कम्पनीका अनुसार राष्ट्रिय वाणिज्य बैंकको प्रतिनिधित्व गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेल सञ्चालक नियुक्त भएका हुन्। राष्ट्रिय वाणिज्य बैंकले २०८३ भदौ २९ गते पठाएको पत्रअनुसार पौडेललाई कम्पनीको सञ्चालकमा नियुक्त गरिएको हो।

त्यसैगरी, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा सरस्वति अधिकारीलाई नियुक्त गरिएको छ। उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij